काठमाडौं। आगामी आर्थिक वर्षको मौद्रिक नीति आएपछिको पहिलो कारोबारमा सेयर बजार ओरालो लागेको छ। नेप्से परिसूचक बुधबार कारोबार खुलेदेखि घटिरहेको छ।
सूचक ११ बजेर ५३ मिनेटमा २०.३१ अंक घटेर २६३० विन्दुमा आएको छ। बजारमा ६६ करोड ३९ लाख रुपैयाँको सेयर किनबेच हुँदा ट्रेडिङ बाहेकका सूचक ओरालो लागेका छन्।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा संस्थाको सबलताका आधारमा सीमा निर्धारण गर्ने घोषणा गरेको छ। राष्ट्र बैंकका अधिकारीहरुले यसलाई सेयर धितो कर्जामा लचिलो नीति लिइएको बताएका छन्।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बजारमा तरलता प्रवाह बढाउने गरी व्यवस्था गर्दा सूचक भने घटिरहेको हो।
चैत दोस्रो साता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेदेखि सूचक घटिरहेको छ। बजारलाई बजेट र मौद्रिक नीतिले उकास्न सकेनन्।











