एनआरएन इन्फ्रास्ट्रक्चरबाट बाहिरिए थपलिया, सञ्चालकबाट दिएको राजीनामा स्वीकृत

बिजमाण्डू
२०८३ असार २४ गते ११:०४ | Jul 8, 2026
एनआरएन इन्फ्रास्ट्रक्चरबाट बाहिरिए थपलिया, सञ्चालकबाट दिएको राजीनामा स्वीकृत


काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका सञ्चालक सीताराम थपलियाले राजीनामा दिएका छन्।

GBIME
Tata

उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले स्वीकृत गरेको छ।

थपलियाले कम्पनीमा अध्यक्षको जिम्मेवारीमा रहेर पनि काम गरेका थिए। गत चैत तेस्रो साता नबिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले एनआरएन इन्फ्रास्ट्रक्चरमा अध्यक्षको जिम्मेवारी पाउनुअघि त्यो ठाउँमा थपलिया थिए।