नवीकरण नगरेका ४४ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज, ‘क’ वर्गका ७ कम्पनी परे



बिजमाण्डू
२०८३ असार २४ गते १०:१९ | Jul 8, 2026
नवीकरण नगरेका ४४ निर्माण कम्पनीको लाइसेन्स स्वतः खारेज, ‘क’ वर्गका ७ कम्पनी परे
फाइल तस्बिर


काठमाडौं। सरकारले ४४ वटा निर्माण कम्पनी तथा फर्महरुको लाइसेन्स खारेज गरेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपदफा ३ बमोजिम चैत मसान्तसम्म इजाजतपत्र नवीकरण गर्नुपर्नेमा नगरेकाको लाइसेन्स स्वतः खारेजीमा परेको हो।

Tata
GBIME
Nepal Life

खारेजीमा पर्नेमा ‘क’ वर्गका ७, ‘ख’ वर्गका ५ र अन्य ३२ ‘ग’ वर्गका निर्माण कम्पनी तथा फर्महरु छन्। सञ्चालनको अनुमतिपत्र खारेजीमा परेका ‘क’ वर्गका कम्पनीमा काठमाडौंका जेयी कन्स्ट्रक्सन, सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन, सप्तकोसी जलाधार निर्माण कम्पनी, ललितपुरको चेतना कन्स्ट्रक्सन, हेटौंडाको जनमुखी कन्स्ट्रक्सन, चितवनको नेपाल बिल्डर्स र जनकपुरको इन्फ्रास्ट्रक्चर एस एण्ड बी बिल्डर्स छन्।

‘ख’ वर्गका कम्पनीमा हेटौंडाको स्वस्तिक श्री विनायक कन्स्ट्रक्सन, धरानको पूर्णदीप निर्माण सेवा, पोखराको आहा कन्स्ट्रक्सन, झापाको क्याल्मिन कन्स्ट्रक्सन र रोल्पाको नेपाल मदर कन्स्ट्रक्सन छन्। ‘ग’ वर्गका कम्पनीमा काठमाडौं, ललितपुर, मोरङ, सुर्खेत, नुवाकोटका धेरै परेका छन्।