पूर्व अर्थमन्त्री विष्णु पौडेललाई हिरासतमा राख्‍न दोस्रो पटक म्याद थप, बयान जारी

बिजमाण्डू
२०८३ असार १५ गते १७:३८ | Jun 29, 2026
पूर्व अर्थमन्त्री विष्णु पौडेललाई हिरासतमा राख्‍न दोस्रो पटक म्याद थप, बयान जारी


काठमाडौं। पूर्व अर्थमन्त्री विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोस्रो पटक पनि आदेश दिएको छ।

GBIME
Tata

सोमबार विशेष अदालतमा हाजिर गराइएका पौडेललाई थप तीन दिन अनुसन्धानको लागि म्याद दिएको हो। यसअघि पहिलो पटक अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले सात दिनको म्याद दिएको थियो। उनलाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेर माइक्रोबसमा रातारात काठमाडौं ल्याइएको थियो।

विवादास्पद व्यापारी दीपक भट्टसँग कारोबार देखिएको भन्दै विभागले पौडेललाई बयानका लागि बोलाएको थियो। तर, अटेर गरेपछि विभागले प्रहरीलाई पत्राचार गर्दै उनलाई पक्रन भनेको थियो। विभागका अनुसार उनको बयान जारी छ।