मेस्सीको फेरि गोल : अर्जेन्टिना समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउटमा



बिजमाण्डू
२०८३ असार १४ गते १०:०१ | Jun 28, 2026
मेस्सीको फेरि गोल : अर्जेन्टिना समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउटमा
अर्जेन्टिनी कप्तान मेस्सी। Photo: FIFA

काठमाडौं। अर्जेन्टिनाले जोर्डनलाई हराएको छ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’को आज सम्पन्न खेलमा अर्जेन्टिनाले जोर्डनमाथि ३-१ गोलको सहज जित निकालेको हो। आजै यही समूहको अर्को खेलमा अस्ट्रिया र उज्बेकिस्तानले ३-३ गोलको बराबरी खेले।

Tata
GBIME
Nepal Life

जोर्डनलाई हराउँएसँगै अर्जेन्टिना ९ अंकसहित समूह विजेता बनेको छ। त्यस्तै, अल्जेरियासँग बराबरी खेलेको अस्ट्रिया ४ अंकसहित समूह उपविजेता बन्दै नकआउट प्रवेश गर्‍यो। समान ४ अंक बनाएको अल्जेरिया तेस्रो स्थानमा रहेका टोलीको उत्कृष्ट मध्येमा पर्दै नकआउट पुग्न सफल भयो।

डलास स्टेडियममा आज अर्जेन्टिनी प्रशिक्षक लियोनेल स्कालोनीले शीर्ष स्थान पहिले नै सुनिश्चित भएकाले टोलीमा व्यापक परिवर्तन गरे। यसका बावजुद अर्जेन्टिनाले सुरुदेखि खेल नियन्त्रणमा राख्यो। खेलको १९औँ मिनेटमा जियोभानी लो सेल्सोले उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।

३१औँ मिनेटमा जुलियन आल्भारेजमाथि भएको फाउलपछि प्राप्त पेनाल्टीलाई लाउटारो मार्टिनेजले गोलमा परिणत गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा जोर्डनले उत्कृष्ट पुनरागमनको संकेत देखायो। ५५औँ मिनेटमा कप्तान एहसान हद्दादको क्रसलाई मुसा अल-तमारीले नजिकैबाट गोल गर्दै अन्तर २-१ मा झारे। त्यसपछि केही समय जोर्डनले दबाब सिर्जना गरे पनि खेल बराबरीमा ल्याउन सकेन।

६०औँ मिनेटमा बेन्चबाट मैदान प्रवेश गरेका कप्तान लियोनेल मेस्सीले ८०औँ मिनेटमा आफ्नो विशेष शैलीमा अर्को शानदार फ्रिकिक गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। जारी विश्वकपमा अर्जेन्टिनाले खेलेको हरेक खेलमा उनले गोल गर्दै आएका छन्। विश्वकपकै सर्वाधिक गोलकर्ता उनले किलियन एम्बाप्पेसँगको दुरी पनि बढाउँदै लगेका छन्। मेस्सीले जारी विश्वकपमै ६ गोल गर्दा एम्बाप्पेले ४ गोल गरेका छन्।

अर्जेन्टिनाले खेलभर बलमा स्पष्ट नियन्त्रण राख्दै सेट-पिसबाट तीनवटै गोल गर्‍यो। लो सेल्सो र मेस्सीले प्रत्यक्ष फ्रिकिकबाट गोल गर्दा अर्को गोल पेनाल्टीमार्फत सम्भव भएको थियो।

अर्जेन्टिनाले अन्तिम ३२ को खेलमा केप भर्डेसँग खेल्नेछ।

पराजित जोर्डनले भने आफ्नो पहिलो विश्वकप यात्राको अन्त्य समूह चरणमै गर्‍यो। पहिलो सहभागितामै ऐतिहासिक गोल गर्न सफल भए पनि अंक जोड्न नसक्दा उसले प्रतियोगिताबाट बिदा लिनुपर्‍यो।