एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ, ठगी तथा आपराधिक विश्वासघात कसुर आरोप



बिजमाण्डू
२०८३ असार १३ गते ०६:३८ | Jun 27, 2026
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ, ठगी तथा आपराधिक विश्वासघात कसुर आरोप

काठमाडौं। प्रहरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ उनलाई पक्राउ गरेको हो।

Tata
GBIME
Nepal Life

ब्युरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले हात्तीगौँडामा सञ्चालित टुङ्गराम इन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए।

विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्‍याएको कसुरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले डर, त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी चार आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको जनाइएको छ।