कुमारी बैंकका ग्राहकले नेसनल प्याथ ल्याबमा परीक्षण गराउँदा १० प्रतिशत छुट पाउने



बिजमाण्डू
२०८३ असार ११ गते १७:४८ | Jun 25, 2026
कुमारी बैंकका ग्राहकले नेसनल प्याथ ल्याबमा परीक्षण गराउँदा १० प्रतिशत छुट पाउने

काठमाडौं। कुमारी बैंकका ग्राहकले काठमाडौंको टंगालस्थित नेसनल प्याथ ल्याबका सेवामा छुट पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

बैंकका ग्राहकले नेसनल प्याथ ल्याबबाट प्रदान गरिने विभिन्न परीक्षण सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका हुन्। यस सम्बन्धमा बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता भएको छ।

ग्राहकको स्वास्थ्यलाई मध्यनजर गरी बैंकले यसअघि मेदांता, इन्द्रप्रस्थ एपोलो लगायत देश तथा विदेशका प्रतिष्ठित अस्पतालसँग पनि छुटसम्बन्धी सम्झौता गरिसकेको छ।