६४ करोडले बढ्यो बुटवलको बजेट, आगामी आर्थिक वर्षलाई ४ अर्ब विनियोजन



बिजमाण्डू
२०८३ असार १० गते १७:०७ | Jun 24, 2026
६४ करोडले बढ्यो बुटवलको बजेट, आगामी आर्थिक वर्षलाई ४ अर्ब विनियोजन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बुटवल उपमहानगरपालिकाले ४ अर्बको बजेट ल्याएको छ।

Tata
GBIME
Nepal Life

आगामी आर्थिक वर्षका लागि ३ अर्ब ९९ करोड २२ लाख रुपैयाँको बजेट बुधबार उपप्रमुख सावित्रादेवी अर्यालले नगरसभामा प्रस्तुत गरेकी हुन्। चालु आर्थिक वर्षका लागि बुटवल उपहानगरले ३ अर्ब ३६ करोड १३ लाखको बजेट ल्याएको थियो।

कुल बजेटको ५२ प्रतिशत अर्थात् अर्थात् २ अर्ब ७ करोड चालु शीर्षकमा विनियोजन गरिएको छ।

बजेटमा आन्तरिक स्रोत व्यवस्थापनबाट १ अर्ब ५० करोड ३८ लाख, विज्ञापन तथा मनोरञ्जन कर र राजस्व बाँडफाँटबाट ९८ करोड ७७ लाख र चालु आर्थिक वर्षको बचत रकम ४० करोड स्रोतको रुपमा राखिएको छ।

त्यस्तै समानीकरण अनुदानबापत २९ करोड २२ लाख, सशर्त अनुदानमा ५७ करोड २९ लाख, विशेष अनुदान १ करोड १० लाख प्राप्त हुने बजेटमा उल्लेख छ।