एनआईसी एशिया बैंकको हकप्रद सेयर निष्कासन गर्न एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक



बिजमाण्डू
२०८३ असार ९ गते १९:५७ | Jun 23, 2026
एनआईसी एशिया बैंकको हकप्रद सेयर निष्कासन गर्न एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक


काठमाडौं। एनआईसी एशिया बैंकको हकप्रद सेयर निष्कासनका लागि एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको छ।

Vigo
GBIME
Tata

यस सम्बन्धमा बैंक र क्यापिटलबीच सम्झौता भएको छ। सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख वित्तीय अधिकृत रुपेश लुइँटेल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

एनआईसी एशिया बैंकलाई २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ। बैंकले सैबोनबाट अनुमति पाउन बाँकी छ। बैंकको चुक्ता पुँजी हाल १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छ।