चितवन। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले रास्वपाले निर्वाचनमा पाएको जनमतबाट अरु पार्टीले पाठ सिक्न आवश्यक रहेको बताएका छन्।
उनले आइतबार रास्वपाको महाधिवेशन उद्घाटन कार्यक्रममा रास्वपाले युवाहरुलाई जोडेर असिम जनमत पाएको भन्दै यसबाट अरु पार्टीले सिक्नुपर्ने बताए।
उनले निर्वाचनमा पाएको जनादेश सदुपयोग गर्न रास्वपासँग आग्रह गरे। ‘जनादेश पाउनुभन्दा जनादेशको सदुपयोग कसरी हुन्छ भन्ने महत्वपूर्ण हुन्छ। जनमत सदुपयोग नहुँदाको जोखिम उत्तिकै भयावह हुनेछ,’ उनले भने।










