रास्वपाको महाधिवेशन डीडीसीलाई बन्यो फलिफाप, बिक्री कक्षमा ग्राहकको घुइँचो



बिजमाण्डू
२०८३ असार ७ गते १३:१० | Jun 21, 2026
रास्वपाको महाधिवेशन डीडीसीलाई बन्यो फलिफाप, बिक्री कक्षमा ग्राहकको घुइँचो

चितवन। दुग्ध विकास संस्थान (डीडीसी)का लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनस्थल व्यापार गर्ने राम्रो थलो बनेको छ।

Tata
GBIME
Nepal Life

रास्वपाको महाधिवेशस्थलस्थित डीडीसीको बिक्री कक्षमा ग्राहकको घुइँचो लागेको छ। डीडीसीले ५ देखि १० प्रतिशतसम्म छुटसहित २० प्रकारका दुग्धजन्य उत्पादन बिक्रीमा राखेकामा खासगरी आइसक्रिम, फ्रेस मिल्क र दही किन्न घुइँचो लागेको छ। गर्मी धेरै रहेका कारण पनि रास्वपाका कार्यकर्ता डीडीसीको बिक्री कक्षमा झुम्मिएका हुन्।

डीडीसीले आफ्नो उत्पादन चिजसहितको तस्वीर प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दा भाइरल भएपछि त्यो तस्वीर पनि बिक्रीस्थलमा राखेको छ।