अघि बढ्यो दरबारमार्गमा अन्नपूर्ण स्क्वायरको काम, महानगरबाट नक्सा पासको प्रक्रिया सुरु



बिजमाण्डू
२०८३ असार ५ गते १५:५६ | Jun 19, 2026
अघि बढ्यो दरबारमार्गमा अन्नपूर्ण स्क्वायरको काम, महानगरबाट नक्सा पासको प्रक्रिया सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको जुरी बैठक बस्न नसक्दा ८ महिनादेखि निर्माण रोकिएको पाँचतारे होटल अन्नपूर्ण स्क्वायरको नक्सा पास प्रक्रिया बल्ल अगाडि बढेको छ।

Tata
GBIME
Nepal Life

शुक्रबार महानगरपालिका अन्तर्गतको शहरी व्यवस्थापन विभागले आर्किटेक्चरल र स्ट्रक्चरल जुरीको बैठक राखेर उक्त परियोजनाको परिमार्जित डिजाइन र अन्य सबै प्रक्रियाको बारेमा छलफल गरेको हो।

उक्त छलफलमा जुरीले परिमार्जन गरेको डिजाइनहरु र अन्य कुराहरुमा केही ‘माइनर कमेन्ट’ गरेको विभागका प्रमुख रविमान श्रेष्ठले बताए।

‘हाम्रो जुरीले उक्त परियोजनका बारेमा विभागमा पेश भएका सबै डिजाइन लगायतका कुरामा विस्तृतमा मूल्यांकन गरेको छ। यस विषयमा विज्ञहरुको टिमले छलफल गरेर केही माइनर कमेन्टहरु राखेका छन्,’ उनले भने।

प्रमुख श्रेष्ठका अनुसार उक्त जुरीले गरेको ‘माइनर कमेन्ट’हरु सोमबार टिपोट गरेर लिखित रुपमा सम्बन्धित कम्पनीलाई पठाउने काम हुनेछ। त्यसपछि सम्बन्धित कम्पनीले जुरीले गरेको कमेन्टहरुलाई मिलाएर ल्याएपछि स्वीकृति दिने काम हुने श्रेष्ठको भनाइ छ।

‘हाम्रो पक्षबाट ९० प्रतिशत कुरामा स्वीकृति भइसकेको छ। त्यस्तो ठुलो कुनै पनि समस्या देखिएको छैन। व्यवसायीले केही जुरीले गरेको कमेन्ट सुधारेर ल्याएपछि जतिसक्दो चाँडो नक्सा पासलगायत अन्य सबै कामको स्वीकृत हुन्छ,’ श्रेष्ठले भने।

२०८५ बैशाखदेखि संचालनमा ल्याउने योजनासहित २०८१ को मंसिरमा होटल निर्माण सुरु गरिएको थियो। तर, ८ महिनादेखि त्यसको काम ठप्प छ।