याम्बालिङ हाइड्रोपावर र टक्सार पिखुवा खोलाको आइपी‌ओ नेप्सेमा सूचीकृत



बिजमाण्डू
२०८३ असार ५ गते १५:०५ | Jun 19, 2026
याम्बालिङ हाइड्रोपावर र टक्सार पिखुवा खोलाको आइपी‌ओ नेप्सेमा सूचीकृत


काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा याम्बालिङ हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयर सूचीकृत भएको छ। नेप्से र कम्पनीबीच शुक्रबार सूचीकरण सम्झौता भएको हो।

Vigo
GBIME
Tata

याम्बालिङ हाइड्रोपावरको ७० लाख कित्ता सेयर नेप्सेमा थपिएको छ। सूचीकृत सेयरमध्ये २८ लाख कित्ता आइपीओ हो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा चुक्ता पुँजीको ४० प्रतिशत सेयर निष्कासन गरेको थियो।

यस्तै, टक्सार पिखुवा खोला हाइड्रोपावरको १ करोड २० लाख कित्ता सेयर नेप्सेमा थपिएको छ। कम्पनीको सूचीकृत सेयर मध्ये ४२ लाख ३० हजार ६६८ कित्ता साधारण सेयर हो।

नेप्सेले दुवै कम्पनीलाई आइपीओपछिको पहिलो सेयर कारोबारका लागि १०० देखि ३०० रुपैयाँसम्म पहिलो कारोबार मूल्य दिएको छ। कम्पनीको सेयर सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ।