बजेट कार्यान्वयनका लागि जुटे सचिव, लागत अनुमान र बोलपत्र आह्वानको तयारी असारभित्र सक्ने



बिजमाण्डू
२०८३ असार ३ गते ११:५८ | Jun 17, 2026
बजेट कार्यान्वयनका लागि जुटे सचिव, लागत अनुमान र बोलपत्र आह्वानको तयारी असारभित्र सक्ने
सुमनराज अर्याल

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमा समावेश योजना कार्यान्वयनका लागि आवश्यक तयारीको काम असारभित्रै गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

सरकारले लागत अनुमान, बोलपत्र आह्वान लगायत तयारीका काम असार मसान्तभित्रै सम्पन्न गर्ने भएको हो।

मुख्यसचिव सुमनराज अर्यालले चार महिनाको अन्तरालमा मंगलबार राखेको सचिवहरुको बैठकले बजेटको प्रभावकारी कार्यान्वयनका लागि असारभित्रै तयारीको काम सम्पन्न गर्ने निर्णय गरेको छ।

‘आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि लागत अनुमान र बोलपत्र आह्वान लगायत तयारी कार्य असार मसान्तभित्रै सम्पन्न गर्ने,’ सचिव बैठकको तेस्रो नम्बरको निर्णयमा भनिएको छ।