वाणिज्य विभागले दुईवटा व्यवसायिक फर्मलाई तिरायो जरिवाना



बिजमाण्डू
२०८३ असार २ गते १८:११ | Jun 16, 2026
वाणिज्य विभागले दुईवटा व्यवसायिक फर्मलाई तिरायो जरिवाना

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा व्यवसायिक फर्मलाई जरिवाना गरेको छ।

Tata
GBIME
Nepal Life

विभागले मंगलबार गरेको बजार अनुगमनका क्रममा दुईवटा व्यवसायिक फर्मलाई ६० हजार जरिवाना गरेको हो।

दिव्येश्वरी प्लानिङमा रहेको कर्मरेखा ट्रेडर्सलाई ५० हजार रुपैयाँ र थ्रि सिवस्टी भेन्चर्सलाई १० हजार रुपैयाँ जरिवाना तिराइएको हो।

अन्य ७ वटा फर्मलाई सामान्य निर्देशन दिएको विभागले जनाएको छ।

सोमबार पनि विभागले ५ वटा व्यवसायिक फर्मलाई बिलबिजक नराखेको, म्याद सकिएको खाद्य पर्दाथ बिक्री वितरण गरेको र पानीमा लेबल नलगाई बिक्री वितरण गरेको भेटिएपछि साढे ७ लाख भन्दा बढी रुपैयाँ जरिवाना गरेको थियो।