मन्त्रीबाट संसद् नियमावली उल्लंघन, सभामुखको सम्मानमा नउठेका मन्त्री स्वर्णिम र सुनिल



बिजमाण्डू
२०८३ असार २ गते १७:३९ | Jun 16, 2026
मन्त्रीबाट संसद् नियमावली उल्लंघन, सभामुखको सम्मानमा नउठेका मन्त्री स्वर्णिम र सुनिल

काठमाडौं। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुख डोलप्रसाद अर्याल प्रवेश गर्दा सम्मानमा दुई मन्त्री नउठेको भन्दै एमालेका प्रमुख सचेतक ऐन महरले रुलिङको माग गरेका थिए। उनले ती दुई मन्त्रीको नाम भने लिएका थिएनन्।

Tata
GBIME
Nepal Life

सभामुखप्रति सम्मान व्यक्त नगर्ने दुई मन्त्रीको सूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल रहेको खुलेको छ।

सबै मन्त्रीहरु उपस्थित नभएको भन्दै विपक्षी दलका सांसदहरुले आपत्ति जनाएपछि १५ मिनेटका लागि स्थगित भएको बैठक सुरु हुने बेलामा वाग्ले र लम्साल सभामुख अर्यालको सम्मानमा नउठेको संसद सचिवालय स्रोतले जनाएको छ।

‘अर्थमन्त्री र पूर्वाधार विकासमन्त्री नउठेको देखिएको छ,’ संसद् सचिवालयका एक कर्मचारीले भने।

एमालेका प्रमुख सचेतक महरले प्रतिनिधि सभा नियमावली २०८३ को नियम २० (क)मा सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान व्यक्त गर्नुपर्ने व्यवस्था रहे पनि दुई मन्त्रीले नियमावली पालना नगरेको भन्दै भिडियो चेक गरेर रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए।