काठमाडौं। हुलाकी राजमार्ग निर्देशनालयले हुलाकी राजमार्गमा काम गर्ने कान्छाराम कन्स्ट्रक्सनसहित बाम्ती भण्डार, याक्थुमह्याङ/साप जेभी र लामा कन्स्ट्रक्सनसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ।
राजमार्ग निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै ठेक्का तोड्न नपर्ने कुनै बलियो कारण भए स्पष्टीकरण पेस गर्न भनेको छ। यसका लागि १५ दिनको समय दिइएको छ। कान्छाराम कन्स्ट्रक्सन नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङको कम्पनी हो।
निर्देशनालयले पटकपटक ताकेता गर्दा पनि ती निर्माण कम्पनीले काम नगरेपछि ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको जनाएको छ।











