आयल निगमको कार्यकारी निर्देशकका लागि विज्ञापन, आवेदन पेस गर्न २१ दिनको समय



बिजमाण्डू
२०८३ असार २ गते १२:०८ | Jun 16, 2026
आयल निगमको कार्यकारी निर्देशकका लागि विज्ञापन, आवेदन पेस गर्न २१ दिनको समय

काठमाडौं। सरकारले नेपाल आयल निगममा कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन मागेको छ।

Tata
GBIME
Nepal Life

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै निगममा कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट नियुक्ती गर्न आवेदन मागेको हो। इच्छुक व्यक्तिलाई आवेदन पेस गर्न २१ दिनको समय दिइएको छ।

निगममा कार्यकारी निर्देशकको पद एक महिनादेखि रिक्त छ। यसअघिका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले गत वैशाख ३० गते राजिनामा दिएका थिए।