धुन्सा खोला जलविद्युत आयोजनाको सवा ५ अर्बको सिभिल र हाइड्रो मेकानिकलको ठेक्का शर्मा जेभीलाई



बिजमाण्डू
२०८३ असार २ गते १०:२७ | Jun 16, 2026
धुन्सा खोला जलविद्युत आयोजनाको सवा ५ अर्बको सिभिल र हाइड्रो मेकानिकलको ठेक्का शर्मा जेभीलाई

काठमाडौं। धुन्सा खोला जलविद्युत आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकलको ठेक्का शर्मा एण्ड कम्पनी जेभीले पाएको छ।

Tata
GBIME
Nepal Life

आयोजना अन्तर्गतको लट-१को इन्जिनियरिङ खरिद तथा निर्माण ठेक्का शर्मावाहेक भारतीय कम्पनी निर्माण वृद्धि कन्स्ट्रक्सन्स इन्डिया र प्रतिमा इन्फ्रास्ट्रक्चर लिमिटेडले संयुक्त रुपमा पाएका हुन्। रेमिट हाइड्रोले बनाउन लागेको यो आयोजना ७७.५ मेगावाटको हो।

शर्मासहित दुई भारतीय कम्पनीले पाँच अर्ब २३ करोड रुपैयाँ बराबरको ठेक्का पाएका हुन्। आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रुपैयाँ रहेकामा ३० प्रतिशत रकम कम्पनीका संस्थापक र आइपीओबाट जुटाइनेछ। बैंक तथा वित्तीय संस्थाले लक्ष्मी सनराइजको अगुवाइमा १२ अर्ब ६९ करोड ४० लाख रुपैयाँ लगानी गर्न हस्ताक्षर समेत गरिसकेका छन्।

यो आयोजना रन अफ दि रिभर (आरओआर) प्रकृति हो। यसको डिजाईन वहाव २१.२८ घनमिटर प्रतिसेकेण्ड रहेको छ। कुल हेड ग्रस हेड ४३२ मिटर रहेको छ। आयोजनाबाट बार्षिक सरदर ४५९ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ।

यो आयोजनाको सम्पूर्ण मुख्य संरचना घुन्सा खोलाको दायाँ किनारमा रहनेछन्। हेडवर्क्स फक्ताङलुङ गाउँपालिकामा रहेको लामाटारमा प्रस्ताव गरिएको छ। आयोजनाका लागि आवश्यक पर्ने पानी लिनका लागि घुन्सा खोलामा ३२ मिटर लम्बाई र ६.७५ मिटर उचाइको बाँध निर्माण गरिनेछ। घुन्सा विद्युत गृहमा विद्युत उत्पादन भएपछि दायाँ किनारमा निर्माण गरिने २८.४ मिटर टेलरेस आउटलेट मार्फत पुन: घुन्सा-तमोर दोभान नजिकै पानी छाडिनेछ।