काठमाडौं। प्रतिनिधि सभा सदस्यद्वय सुशान्त वैद्धिक र सागर ढकाल सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
गुल्मीको रेसुङ्गा नगरपालिका ४ रैदीस्थित तम्घास-बुर्तिबाङ सडकखण्डमा बाग्लुङबाट तम्घासतर्फ जाँदै गरेको कार शुक्रबार साँझ ५:४० मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्युठानबाट प्रतिनिधि सभा सदस्य रहेका सुशान्तले चलाएको बा-प्र०१-०२९च ७३४३ नम्बरको कार आफैं अनियन्त्रित भई सडकको डिलमा अड्किएको थियो।
कारमा गुल्मी १ का प्रतिनिधि सभा सदस्य सागर ढकालसहित तीन जना सवार रहेको प्रहरीले जनाएको छ। कार घटनास्थलबाट निकाली सदरमुकाम तम्घास लगिएको प्रहरीले जनाएको छ।









