काठमाडौं। जानकी मेडिकल कलेजका संचालक पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले जानकी हेल्थ फाउण्डेसनका संचालक समितिका अध्यक्ष तथा इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनेरी साइन्सेस प्रालिका संचालक ओम प्रसाद पाण्डेलाई बुधबार पक्राउ गरेको हो।
कृत्रिम व्यवसाय खडा गरेर पटक पटक कर्जा दुरूपयोग गरेको कसुरमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। उनी विरुद्ध उच्च अदालत पाटनबाट २०८२ मंसिर २८ गते पक्राउ पूर्जी जारी भएका थियो।
उनी विरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिइएको छ।








