नेप्सेमा थपियो माछापुच्छ्रे बैंकको तीन करोड कित्ता सेयर, भोलिदेखि कारोबारमा आउने

बिजमाण्डू
२०८३ जेठ १९ गते १६:४० | Jun 2, 2026
नेप्सेमा थपियो माछापुच्छ्रे बैंकको तीन करोड कित्ता सेयर, भोलिदेखि कारोबारमा आउने


काठमाडौं। माछापुच्छ्रे बैंकले जारी गरेको अविमोच्य असञ्चिति अग्राधिकार सेयर नेप्सेमा सूचीकृत भएको छ।

GBIME
Tata

बैंकको ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो। ८.२५% ब्याजदरको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबीच मात्र खरिद बिक्री हुन्छ।