सुनचाँदीको मूल्य बढ्यो, सुन प्रति तोला २ लाख ९० हजार ६ सय रुपैयाँ पुग्यो



बिजमाण्डू
२०८३ जेठ १५ गते ११:२६ | May 29, 2026
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रति तोला २ लाख ९० हजार ६ सय रुपैयाँ पुग्यो


काठमाडौं। घट्न थालेको सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९० हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि बुधबारका तुलनामा ५ हजार ५ सय रुपैयाँले घटेर बिहीबार कारोबार मूल्य प्रति तोला २ लाख ८५ हजार रुपैयाँमा आइपुगेको थियो।

बुधबार सुन प्रति तोला २ लाख ९० हजार ५ सय रुपैयाँ थियो।

चाँदीको मूल्य बुधबार तोलामा १७५ रुपैयाँ बढेको छ। महासंघका अनुसार कारोबार मूल्य तोलाको ५ हजार ६५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी तोलामा २१५ रुपैयाँ घटेर प्रति तोला ४ हजार ८६५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्यमा फराकिलो अंकको बढोत्तरी छ। सुन प्रति औंस ४५१०.०७ डलर र चाँदी प्रति औंस ७५.८१ डलरले कारोबार भइरहेको छ।

बिहीबार सुन प्रति ‍औंस ४३७३.७६ डलर र चाँदी ७१.९६ डलरमा कारोबार भएको थियो।