काठमाडौं। सुनचाँदीको मूल्य बिहीबार घटेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ५ हजार ५ सय रुपैयाँ घटेको छ भने चाँदी तोलामा २ सय १५ रुपैयाँ सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८५ हजार रुपैयाँ भएको छ।
यसअघि मंगलबारका तुलनामा एक हजार रुपैयाँले घटेर बुधबार तोलाको २ लाख ९० हजार ५ सय रुपैयाँ भएको थियो।मंगलबार सुन प्रति तोला २ लाख ९१ हजार ५ सय रुपैयाँ थियो।
चाँदीको मूल्य पनि घटेर प्रति तोला ४ हजार ८ सय ६५ रुपैयाँ आइपुगेको छ। चाँदी बुधबारका तुलनामा बिहीबार तोलामा २१५ रुपैयाँले घटेको हो।
मंगलबार कारोबार मूल्य तोलाको ५ हजार ६० रुपैयाँ थियो। मंगलबारका तुलनामा बुधबार तोलामा २० रुपैयाँ बढेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्यमा अघिल्लो दिनका तुलनामा फराकिलो गिरावट छ। सुन प्रति औंस ४३७३.७६ डलर र चाँदी प्रति औंस ७१.९६ डलरले कारोबार भइरहेको छ।
बुधबार सुन प्रति औंस ४५११ डलर र चाँदी ७६.८५ डलर थियो।









