काठमाडौं। सिटिजन्स बैंकले विशेष साधारण सभा बोलाएको छ। बैंकले असार ३ गते विशेष साधारण सभा बोलाएको हो।
साधारण सभाबाट ३ जना सञ्चालक निर्वाचित गर्ने र २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा छ।
बैंकले ७.५ प्रतिशत ब्याजदरमा अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाउन लागेको हो।
विशेष साधारण सभाका लागि जेठ २६ गते बुक क्लोज मिति तोकिएको छ।
यसअघि मंसिर ११ गते सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण सञ्चालकको निर्वाचन रोकिएको थियो। चैत १५ गते रिट खारेज भएका कारण बैंकले सञ्चालकको निर्वाचन गर्न लागेको हो।










