सुनको मूल्य घट्दा चाँदीको बढ्यो, सुन तोलाको २ लाख ९० हजार रुपैयाँ आइपुग्यो



बिजमाण्डू
२०८३ जेठ १३ गते ११:११ | May 27, 2026
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, सुन तोलाको २ लाख ९० हजार रुपैयाँ आइपुग्यो


काठमाडौं। सुनको मूल्य क्रमिक घट्न थालेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा १ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९० हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME

अघिल्लो दिनका तुलनामा १ हजार ३ सय रुपैयाँले घट्दा मंगलबार प्रति तोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार तोलाको २ लाख ९२ हजार ८ सय रुपैयाँ थियो।

चाँदीको मूल्य भने बुधबार बढेको छ। मंगलबारको भन्दा २० रुपैयाँ बढेर प्रति तोला ५ हजार ८० रुपैयाँ पुगेको छ। यसअघि ९० रुपैयाँ घटेर मंगलबार प्रति तोला ५ हजार ६० रुपैयाँ भएको थियो।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ४५११ डलर भएको छ। चाँदी प्रति औंस ७६.८५ डलर पुगेको छ। मंगलबार सुन प्रति औंस ४५३०.१६ डलर र चाँदी ७६.६२ डलर थियो।