काठमाडौं। सुनचाँचादीको मूल्य मंगलबार घटेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ भने चाँदी तोलामा ९० रुपैयाँ सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९१ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
यसअघि गत आइतबारका तुलनामा १ हजार ९ सय रुपैयाँ बढेर सोमबार प्रति तोला २ लाख ९२ हजार ८ सय रुपैयाँ भएको थियो। साताको पहिलो दिन तोलाको २ लाख ९० हजार ९ सय रुपैयाँ थियो।
चाँदीको कारोबार मूल्य प्रति तोला ५ हजार ६० रुपैयाँमा आइपुगेको छ। यसअघि आइतबारका तुलनामा १४० रुपैयाँ बढेर सोमबार तोलाको ५ हजार १ सय ५० रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य घटेर प्रति औंस ४५३०.१८ डलरले कारोबार भइरहेको छ। चाँदी प्रति औंस ७६.६२ डलर भएको छ। सोमबार सुन प्रति औंस ४५५६.६२ डलर र चाँदी ७७.६६ डलर थियो।









