काठमाडौं । काठमाडौंको खिचापोखरीस्थित आरबी कम्पेक्समा रहेको ‘स्माइल योर च्वाइस’ पसलमा प्रहरीले छापा मारेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिल बीजक बिनाको भेप रहेको सूचनाका आधारमा छापा मारेको हो I
‘केही भेप बरामद गरेका छौं ‘ एसएसपी सन्तोष खड्काले भने।
पसलबाट प्रहरीले २८ हजार ५०० भेप बरामद गरेको जनाएको छl त्यस्तै, पसल संचालक ललितपुर घर भएका नवीन खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।









