लगनखेलमा लुगा किन्दा नक्कली नोट दिने युवक पक्राउ, ५०० दरका १६ नोटमा एउटै नम्बर!



बिजमाण्डू
२०८३ जेठ ११ गते १५:१८ | May 25, 2026
लगनखेलमा लुगा किन्दा नक्कली नोट दिने युवक पक्राउ, ५०० दरका १६ नोटमा एउटै नम्बर!
फाइल तस्बिर


काठमाडौं। लगनखेलमा लुगा किन्दा दिएको नोट नक्कली भेटिएपछि एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहाको लहानका १९ वर्षीय युवक छन्।

Tata
GBIME

नक्कली नोटको कारोबार गरेको अभियोगमा नियन्त्रणमा लिइएका उनले ‘त्यो पैसा मलाई अरुले नै दिएको’ भनेपछि प्रहरीले अनुसन्धानको दायरा बढाएको छ। उनको साथबाट ५ सय दरका १६ नक्कली नोट फेला परेको थियो। बरामद सबै नोटहरुमा एउटै नम्बर छ।

ललितपुरको लगनखेलस्थित एक पसलमा कपडा किन्ने क्रममा दिइएको नोटमा शंका लागेपछि जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई पक्राउ गरेको थियो। ‘पसलमा सामान किन्दा नक्कली नोट दिइएको देखियो। थप अनुसन्धान भइरहेको छ,’ एसपी गौतम मिश्रले भने।

पक्राउ परेका युवकले नोट अरुले नै दिएको दाबी गरेका छन्। तर, दिने मानिसको बारेमा केही पनि बताउन सकेका छैनन्। ती युवकको काठमाडौंमा आफन्त साथीभाइहरुसित बस्दै आएको खुलेको छ।

 प्रहरीले केही साथीभाइहरुको बारेमा पनि अनुसन्धान गरेको छ।