सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन तोलामा एक हजार ९ सय रुपैयाँ बढ्दा चाँदी १४० महँगियो



बिजमाण्डू
२०८३ जेठ ११ गते ११:२७ | May 25, 2026
सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन तोलामा एक हजार ९ सय रुपैयाँ बढ्दा चाँदी १४० महँगियो


काठमाडौं। घट्न थालेको सुनचाँदीको मूल्य साताको दोस्रो दिन बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा १ हजार ९ सय रुपैयाँले वृद्धि भएको छ।

Tata
GBIME

सोमबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९२ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबारका तुलनामा २ हजार ८ सय रुपैयाँले घटेर आइतबार तोलाको २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी तोलामा १ सय ४० रुपैयाँले बढेर प्रति तोला १४० रुपैयाँ पुगेको छ। आइतबार १०५ रुपैयाँ घट्दा प्रति तोला ५ हजार १० रुपैयाँमा आइपुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४५५६.६२ डलर र चाँदी प्रति औंस ७७.६६ डलर भएको छ। आइतबार सुन प्रति औंस ४५०९.६४ डलर र चाँदी ७५.५१ डलर थियो।