५० हजार कमिसनमा वाणिज्यको आयात अनुमतिपत्र, १०० टन छोकडा भन्सारमा आएपछि खुल्यो पोल



बिजमाण्डू
२०८३ जेठ १० गते १२:२६ | May 24, 2026
५० हजार कमिसनमा वाणिज्यको आयात अनुमतिपत्र, १०० टन छोकडा भन्सारमा आएपछि खुल्यो पोल


काठमाडौं । नक्कली आयात अनुमतिपत्रको आधारमा विदेशबाट १०० टन छोकडा ल्याएको आरोपमा प्रहरीले तीन जनालाई प्रतिवादी बनाएर लिखित कसुरमा मुद्दा दर्ता गरेको छ।

Tata
GBIME

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिल कार्यालय मार्फत केही दिनअघि लिखित कसुरमा मुद्दा दायर गरेको हो।

ब्यूरोले बैशाख १७ गते सिम्भिन इन्टरनेशनल इम्पेक्स का संचालक ५५ वर्षीय नवीन कुमार अग्रवाललाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।

प्रहरीको अनुसन्धान र बयानमा नवीनले नक्कली आयातपत्र सुनसरीको घर भएका ४८ वर्षीय प्रभात अग्रवालले बनाएको खुलाएका छन्। प्रभात भने अझै फरार रहेका छन्। सोही मुद्दामा विमल पोदारलाई पनि प्रतिवादी बनाइएको छ।

खजुर ल्याउनको लागि वाणिज्यको आयत अनुमति पत्र ल्याए बापत प्रभातले ५० हजार रुपैयाँ मागेको खुलेको छ। २०८२ असारमा प्रभातले नवीनलाई भेटेर छोकडा दुबईबाट आयात गर्नको लागि सिम्भिन इन्टरनेशनलको नाममा पत्र ल्याइदिने बताएका थिए। सरकारले रोकेको छोकडा आयात गर्न पाउने भएपछि नवीनले ५० हजार रुपैयाँ कमिसन दिन तयार भएको अनुसन्धानमा खुलेको हो।

त्यसको २५ दिनपछि आयत अनुमति पत्र अग्रवालको कम्पनीमा लगेर छोडेका थिए। त्यसपछि सबै प्रक्रिया पुरा गरेर उनले दुबईको २ हजार ९४ कार्टुन छोकडा नेपाल आएको थियो। तर, दुबईबाट कन्टेनरमा भारत हुँदै वीरगंज भन्सारमा आएपछि अनुमति पत्र नमिलेपछि भन्सारले छोड्न मानेन।

त्यसपछि अनुसन्धान गर्दा विभागको कीर्ते कागज बनाएर सामान आयात गरेको खुलेको हो।