काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको कारोबार मूल्य घटेको छ। आइतबार सुन तोलाको २ लाख ९० हजार ९ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ।
गत शुक्रबारका तुलनामा सुन तोलामा २ हजार ८ सय रुपैयाँले घटेर कारोबार मूल्य कायम भएको हो। बिहीबारका तुलनामा शुक्रबार १ सय रुपैयाँले घटेर प्रति तोला २ लाख ९३ हजार ७ सय रुपैयाँ भएको थियो।
चालु महिनाको प्रारम्भमा सुन तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँ थियो।
चाँदीको मूल्य आइतबार तोलामा १०५ रुपैयाँ घटेको छ। महासंघका अनुसार कारोबार मूल्य प्रति तोला ५ हजार १० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलाको ५ हजार १ सय १५ रुपैयाँ थियो। गत बिहीबार तोलाको ५ हजार ५० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस ४५०९.६४ डलर र चाँदी प्रति औंस ७५.५१ डलरले कारोबार भइरहेको छ।










