नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा प्रहरीको छापा, रक्सीसहित चार जना नियन्त्रणमा

बिजमाण्डू
२०८३ जेठ ५ गते २१:२४ | May 19, 2026
नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा प्रहरीको छापा, रक्सीसहित चार जना नियन्त्रणमा


काठमाडौं। नक्कली ब्राण्डेड मदिराको बनाउने स्थानमा प्रहरीले छापा मारी चार जनालाई नियन्त्रणमा लिएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका -७ चाङ्गाथलीमा प्रहरी छापा मारेको हो।

GBIME
Tata

विशेष सूचनाको आधारमा प्रहरीले चाङ्गाथलीमा बिर्खबहादुर तामाङको घरमा अवैध रूपले नक्कली ब्राण्डेड मदिरा तयार गरिरहेका चार जनालाई समेत नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएकामा रामेछाप खाँडादेवी गाउँपालिका २ का मनोज खत्री, रामेछाप खिम्तीका विनोद तामाङ र  विवेक तामाङ तथा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ६ का छिदेन निमा तामाङ छन्।

प्रहरीले उक्त स्थानबाट रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजश्वको स्टिकर र होलोग्राम समेत बरामद गरेको छ। बरामद रक्सी ठूलो परिमाणमा रहेकोले यकिन भइसकेको छैन।