काठमाडौं। सञ्चालन मापदण्ड मिचेको शंकामा प्रहरीले एकैदिन काठमाडौंका ६९ वटा शैक्षिक परामर्श केन्द्रमा छापा मारेको छ। छापा मारेका फर्ममध्ये ६८ वटाका सञ्चालक एवम् प्रतिनिधिलाई नियन्त्रणमा लिइएको छ।
पुतलीसडक, चाबहिल, गोंगबु, बानेश्वर र कुमारीपाटी क्षेत्रमा छापा मारेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले भने, ‘विदेश अध्ययनको नाममा ठगी गर्ने र दर्ता नभएका कन्सल्टेन्सीमा छापा मारेर सञ्चालकलाई नियन्त्रणमा लिइएको हो।’ पछिल्लो समय कन्सल्टेसीको नाममा ठगी भएको भन्दै उजुरी आउने क्रम बढेको प्रहरीले जानकारी दिएको छ। शिक्षा मन्त्रालय र प्रदेश सरकारमा अनुमति लिएर कन्सल्टेन्सी चलाउनुपर्छI
शैक्षिक परामर्श केन्द्र (एजुकेसन कन्सल्टेन्सी)हरूले पालना गर्नुपर्ने मापदण्ड प्रक्रिया पूरा नगरी र दर्ता तथा नवीकरण नगरी पूर्वतयारी कक्षा, भाषा शिक्षण सम्बन्धी सेवा प्रदान गर्दै आएको उजुरी आएकाले पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।
उनका अनुसार उपत्यकाका ९५ वटा शैक्षिक परामर्श केन्द्रमा गरिएको अनुसन्धानमा अवैधानिक तवरले चलेको पाइएकाहरुमा शुक्रबार छापा मारिएको हो। केही केन्द्रहरूले उच्च शिक्षाका लागि विदेश पठादिन्छु भनी नेपाली नागरिकलाई ठगी गर्ने गरेको भन्ने उजुरी प्रहरीमा आएका थिए। शिक्षा ऐन, २०२८ शिक्षा नियमावली २०५९ र शैक्षिक परामर्थ सेवा तथा भाषा शिक्षण निर्देशिका, २०७३ मा उल्लेखित मापदण्डअनुसार दर्ता, नवीकरण नगरी विना इजाजत सेवा सञ्चालन गरिएको पाइएकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कार्यालयले सूचना जार्दै गरी कुनै परामर्श केन्द्रहरूबाट ठगीमा परेको भए कार्यालयमा निवेदन दिन पनि सर्वसाधारणलाई आग्रह गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहानदेखि उपत्यकाभित्रका तीन जिल्लामा रहेका कन्सल्टेन्सीमा छापा मारेको थियो। छापा मार्दा सबैभन्दा धेरै पुतलीसडकमा रहेका कन्सल्टेन्सीमा प्रहरीको पहिलो निसानामा थिए।
पछिल्लो समय विदेश अध्ययनका नाममा ठगी, भिसा अस्वीकृत भएपछि रकम फिर्ता नदिने, नक्कली अफर लेटर उपलब्ध गराउने तथा अनधिकृत भाषा कक्षा सञ्चालन गर्ने गुनासो बढ्दै गएपछि प्रहरीले निगरानी कडा बनाएको हो। विशेषगरी जापान, कोरिया, अष्ट्रेलिया, क्यानडा र युरोप पठाइदिने भन्दै ठूलो रकम असुल्ने तर प्रक्रिया पूरा नगर्ने कन्सल्टेन्सीमाथि अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले आवश्यक अनुमति, कर विवरण, विद्यार्थी सम्झौता, बैंक कारोबार र भिसा प्रक्रियासम्बन्धी कागजात समेत परीक्षण गरिरहेको छ। अनुसन्धानपछि कसुर पुष्टि भएका कन्सल्टेन्सीमाथि ठगी, गैरकानुनी कारोबार तथा शिक्षा सम्बन्धी कानुनअन्तर्गत मुद्दा चलाइने प्रहरीको तयारी छ।
यी हुन् प्रहरीको कार्बाहीमा परेका कन्सल्टेन्सी
- एकता ग्लोबल एजुकेसन कन्सल्टेन्सी बानेश्वर
- इन्टर ग्लोबल एजुकेसन कन्सल्टेन्सी
- अल्पार एजुकेसन कन्सल्टेन्सी
- ग्लोबल ग्लोरी एजुकेसन कन्सल्टेन्सी
- रोयल सुर्य एजुकेसन कन्सल्टेन्सी
- ब्रेन बृज एजुकेसन कन्सल्टेन्सी
- सावित्री अब्रोड एजुकेसन
- इडब्ल्युसी एजुकेसन कन्सल्टेन्सी
- ब्रेनी इन्टरनेसनल एकेडेमी
- अक्स्फोर्ड स्मार्ट एजुकेसन कन्सल्टेन्सी
- गुल्मोहर एडुकेयर प्रालि
- ब्लूम अब्रोड एजुकेसन कन्सल्टेन्सी प्रालि
- अक्सब्रिज फाउन्डेसन ग्लोवल स्टडिज
- ज्ञानमार्ग एजुकेसन एण्ड सर्भिस, कुमारीपाटी
- निको निको कन्सल्टेन्स
- उरेसी एजुकेसन एण्ड ट्रेनिङ सेन्टर, कुमारीपाटी
- आक्रुति माटीवेज, चुच्चेपाटी
- मून स्काइ कन्सल्टेन्सी, चुच्चेपाटी
- सर्वज्योति एजुकेसन हब, चुच्चेपाटी
- एडुक्वेस्ट इन्टरनेशनल प्रालि, चुच्चेपाटी
- प्राइम पाथ प्रालि, चुच्चेपाटी
- समेथन एजुकेसनल इन्स्टिट्युट एण्ड कन्सल्ट्यान्ट, चाबहिल
- लेक्सिको एजुकेसनल नेटवर्क प्रालि, चाबहिल
- गुरुबा इन्टरनेशनल/स्टडी ग्लाइडर, चाबहिल
- पास्कल एजुकेसन कन्सल्टेन्सी, चाबहिल
- पीएनपी एजुकेसन सर्भिस प्रालि, चाबहिल
- पाथीभरा एजुकेसनल नेटवर्क प्रालि, चाबहिल
- मिन्नानो एकेडेमी, चाबहिल
- क्यानन टूर एण्ड ट्राभल, बौद्ध मल तेस्रो तला
- फ्रेस रूट्स एजुकेसन अब्रोड
- कञ्चनजंगा कोरियान भाषा, माछापोखरी
- इपीटोम एजुकेसन हेल्पलाइन, बालाजु
- ग्रीनलाइन एजुकेसन नेटवर्क, बालाजु
- छिन्गु कोरियन भाषा, बालाजु
- अल्टरनेटिभ इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सी, गौशाला
- मेगाटेक भ्याली एजुकेसन कन्सल्टेन्सी प्रालि, मित्रपार्क
- राइट चान्स एजुकेसन कन्सल्टेन्सी प्रालि, पुरानो बानेश्वर
- २४ आवर कन्सल्टेन्सी प्रालि, मित्रपार्क
- प्रोफिसियन्सी लर्निङ एजुकेसन सेन्टर कन्सल्टेन्सी प्रालि, मित्रपार्क
- युनिभर्सिटी गेटवे एजुकेसन कन्सल्टेन्सी प्रालि, मित्रपार्क
- भिक्ट्री एजुकेसनल कन्सल्टेन्सी प्रालि, मित्रपार्क
- जेएफआर एकेडेमी जापानिज ल्याङ्ग्वेज स्कूल सोह्रखुट्टे, मित्रपार्क
- हिमालयन एजुकेसन ग्रुप सर्भिस कमलबिनायक भक्तपुर
- ग्रीनर एजुकेसन कन्सलटेन्सी भक्तपुर,
- आयुमी नेपाल गपाली भक्तपुर
- ए टु जेड जापान एण्ड कोरियन भाषा
- ग्लोबल इम्प्याक्ट एजुकेसन कन्सलटेन्सी, मध्यपुर थिमी
- स्किलपोइन्ट एजुकेसन कन्सल्टेन्सी, कामनपा-२९ न्यूप्लाजा
- जेनिसेस एजुकेसन हब प्रालि, कामपा-२८ रामशाहपथ
- स्टार एजुकेशन प्रालि, कामपा-२८ पुतलीसडक
- मास्टर्स एकेडेमी एजुकेसन, पुतलीसडक
- अल युरोपियन एजुकेसन प्रालि, पुतलीसडक
- जीपीसी नेपाल, रामशाहपथ
- सीआर एजुकेशन कन्सल्टेन्सी प्रालि, पुतलीसडक
- एचिमेन्ट एजुकेशन एण्ड भिसा सर्भिसेज, न्यूप्लाजा
- ग्रीन एप्पल भिसा एण्ड ईमिग्रेसन सर्भिसेज प्रालि, डिल्लीबजार
- क्लिक कन्सल्टिङ, कामपा-२८
- फ्युचर बिलोङ्स कन्सल्टेन्सी, पुतलीसडक
- द क्लासरूम एजुकेसन प्रालि, (एक्टिभ अब्रोड एजुकेसनल कन्सल्टेन्सी), पुतलीसडक
- आइडीबी ग्लोबल प्रालि, पुतलीसडक
- एनआइएमबी एजुकेसन, पुतलीसडक
- इम्पल्स एजुकेसन, पुतलीसडक
- भाइब्रान्ट एजुकेसन प्रालि, पुतलीसडक
- ड्रीम एजुकेसन कन्ल्टेन्सी प्रालि, पुतलीसडक
- निप्पोन एज् ग्लोबल एजुकेसन, गोंगबु
- नीट इन्टरनेशनल कन्सल्टेन्सी, गोंगबु
- निहोन एसिया कन्सल्टेन्सी प्रालि, गोंगबु
- शेप्स एजुकेसन एण्ड कन्सल्टेन्सी, गोंगबु
- वेस्टर्न स्मार्ट सिटी एजुकेसन एण्ड कन्सलटेन्सी, गोंगबु
नेपालबाट वैदेशिक शिक्षाका लागि बाहिरिने रकम र विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढिरहेको छ। नेपाल राष्ट्र बैंक र शिक्षा मन्त्रालयका तथ्यांकले यसलाई स्पष्ट देखाउँछन्। पढाइका लागि बाहिरिन विद्यार्थी र तिनका अभिभावक जाने पहिलो ठाउँ नै शैक्षिक परामर्श केन्द्रहरु हो।
विद्यार्थी सबैभन्दा धेरै अष्ट्रेलिया, जापान, क्यानडा, बेलायत र अमेरिका जाने गरेका छन्। पछिल्ला वर्षमा जापान र कोरियाका भाषा कक्षा तथा कन्सल्टेन्सीको विस्तारसँगै विदेश अध्ययन बजार अझ ठूलो बनेको देखिन्छ।










