रिलायबल समृद्धि योजना-२ को १ अर्बको इकाई निष्कासन, आजदेखि आवेदन खुला



बिजमाण्डू
२०८३ बैशाख २९ गते १०:५२ | May 12, 2026
रिलायबल समृद्धि योजना-२ को १ अर्बको इकाई निष्कासन, आजदेखि आवेदन खुला


काठमाडौं। रिलायबल समृद्धि योजना-२ ले सार्वजनिक निष्कासन गरेको छ। रिलायबल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने योजनाको मंगलबारदेखि इकाईमा आवेदन खुलेको हो।

Vigo
GBIME
Tata

रिलायबलले प्रति इकाइ अंकित मूल्य १० रुपैयाँ दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ निष्कासन गरेको हो। कुल निष्कासनको बिउ पुँजीबापत १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ, कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशतले हुन आउने १ करोड ४० लाख इकाइ छुट्याइएको छ।

यस्तै, निष्कासनको १ प्रतिशतले हुन आउने १० लाख इकाई योजना व्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई छुट्याइएको छ।

रिलायबल समृद्धि योजना-२ बन्दमुखी प्रकृतिको योजना हो। १० वर्षे अवधिको योजनामा लगानीकर्ताले जेठ १ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन्। उक्त अवधिमा इकाइ बिक्री नभएमा जेठ १२ गतेसम्म निष्कासन खुला रहनेछ।