दूरसञ्चार प्राधिकरणको सम्पत्ति गैरकानुनी लिलाम गर्ने दुई जना पक्राउ, ठगीको आरोप

बिजमाण्डू
२०८३ बैशाख २५ गते २१:४५ | May 8, 2026
दूरसञ्चार प्राधिकरणको सम्पत्ति गैरकानुनी लिलाम गर्ने दुई जना पक्राउ, ठगीको आरोप


काठमाडौं। सरकारको स्वामित्वमा रहेको सम्पत्ति गैरकानूनी रूपमा लिलामी गराउने कार्यमा संलग्न दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

GBIME
Tata

दूरसञ्चार प्राधिकरणको स्वामित्वमा रहेको सम्पत्ति विक्रीमा संलग्न भएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पाको न्यूरोड स्थायी घर भई हाल झम्सिखेल बस्ने पलिना श्रेष्ठ र पनौती घर भई हाल धापासी बस्ने नरेन्द्र उलाक रहेका छन्।

स्मार्ट टेलिकमले अनुमति पत्र नवीकरण नगरेपछि कानुन बमोजिम स्वतः दूरसञ्चार प्राधिकरणको स्वामित्वमा आएको सम्पत्ति बेइमानीपूर्वक बेचबिखनमा संलग्न भएको आरोप उनीहरूमाथि लगाइएको छ।  

ठगी तथा आपराधिक विश्वासघात कसुरमा थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई समातिएको हो।