काठमाडौं। एसियाली विकास बैंक (एडीबी)का दक्षिण एसिया विभागका पूर्वमहानिर्देशक केनिची योकोयामाले पर्याप्त तयारीविनै आयोजना अगाडि बढाइने गरेका कारण नेपालमा पुँजीगत बजेट खर्च हुने नगरेको बताएका छन्।
उनले बिहीबार बिजमाण्डूको आयोजनामा काठमाडौंमा भएको प्रि-बजेट कन्फ्रेन्समा कि-नोट स्पिच दिने क्रममा पुँजीगत खर्चको गति सुस्त हुनुको कारण तयारीविनाका आयोजना, ठेक्का सम्झौतामा नै त्रुटी लगायत कारण भएको बताएका हुन्।
‘प्रोजेक्टको पर्याप्त तयारी नहुनु, पर्याप्त बजेट नहुनु, कन्ट्रयाक्ट म्यानेजमेन्ट सही नहुनु, साइट क्लियरमा समस्यालगायत कारणले नेपालमा पुँजीगत खर्च कम हुने गरेको देखिन्छ,’ उनले भने।
अर्थशास्त्री योकोयामाले एडीबीको नेपाल निर्देशक भएर पनि काम गरेका थिए।










