काठमाडौं। सुनचाँदीको भाउ बिहीबार पनि बढेको छ।
सुनको मूल्य तोलामा १८०० र चाँदीको मूल्य १०५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सुनको मूल्य प्रति तोला २ लाख ९८ हजार ६०० र चाँदीको मूल्य ५ हजार १५५ रुपैयाँ पुगेको छ। सुनको भाउ बुधबार तोलामा ५ हजार ८०० रुपैयाँ बढेको थियो।










