पुनः उकालो लाग्यो सुनचाँदीको मूल्य, सुन ५ हजार ८०० र चाँदी १७५ रुपैयाँ महँगियो



बिजमाण्डू
२०८३ बैशाख २३ गते १२:१८ | May 6, 2026
पुनः उकालो लाग्यो सुनचाँदीको मूल्य, सुन ५ हजार ८०० र चाँदी १७५ रुपैयाँ महँगियो


काठमाडौं। लगातार ओरालो लागेको सुनको मूल्य पुनः बढेको छ। सुनको भाउ तोलामा ५ हजार ८०० रुपैयाँ महँगिएको हो।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबार प्रति तोला २ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो छ। वैशाख १८ गते २ लाख ९६ हजार १०० रुपैयाँका दरले किनबेच भएको सुनको भाउ त्यसयता लगातार ओरालो लागेको थियो।

चाँदीको मूल्य पनि बढेको छ। चाँदी भाउ प्रति तोला १७५ रुपैयाँ बढेको हो।

मंगलबार १५० रुपैयाँ घटेर प्रति तोला ४ हजार ८८० रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस ४६६६.१३ अमेरिकी डलर र चाँदी ७५.८५ डलर छ। मंगलबार प्रति औंस सुनको भाउ ४५४२.६३ डलर र चाँदी ७२.९६ डलर थियो।