सुनको मूल्य लगातार ओरालो, तोलामा ३ हजार ८०० रुपैयाँ सस्तियो, चाँदीको मूल्य पनि घट्यो



बिजमाण्डू
२०८३ बैशाख २२ गते ११:२९ | May 5, 2026
सुनको मूल्य लगातार ओरालो, तोलामा ३ हजार ८०० रुपैयाँ सस्तियो, चाँदीको मूल्य पनि घट्यो


काठमाडौं। सुनको मूल्य लगातार ओरालो लाग]को छ। सुनको भाउ तोलामा ३ हजार ८०० रुपैयाँ सस्तिएको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य मंगलबार प्रति तोला २ लाख ९१ हजार रुपैयाँमा आइपुगेको छ। वैशाख १८ गते २ लाख ९६ हजार १०० रुपैयाँका दरले किनबेच भएको सुनको भाउ त्यसयता लगातार ओरालो लागिरहेको छ।

चाँदीको मूल्य पनि घटेको छ। चाँदी भाउ प्रति तोला१५० रुपैयाँ घटेको हो। महासंघका अनुसार चाँदीको मूल्य मंगलबार प्रति तोला ४ हजार ८८० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुन ४५४२.६३ डलर र चाँदी ७२.९६ डलरमा कारोबार भइरहेको छ।