एनआइसी एसियाले ७.४५ अर्बको हकप्रद जारी गर्ने, राष्ट्र बैंकको पूर्व स्वीकृतिपछि बोलायो साधारण सभा

बिजमाण्डू
२०८३ बैशाख २१ गते १३:३६ | May 4, 2026
एनआइसी एसियाले ७.४५ अर्बको हकप्रद जारी गर्ने, राष्ट्र बैंकको पूर्व स्वीकृतिपछि बोलायो साधारण सभा


काठमाडौं। एनआइसी एसिया बैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। एनआइसीले हकप्रद सेयर निष्कासनका लागि नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति पाएको छ।

GBIME
Tata

बैंकले चुक्ता पुँजीको २:१ अनुपातमा ७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो।

एनआइसीओको चुक्ता पुँजी अहिले १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छ। पुँजीकोषमा दबाबका कारण व्यवसाय विस्तारमा सकस परेपछि बैंकले हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

हकप्रद सेयर निष्कासनको पूर्वस्वीकृतिपछि एनआइसी एसियाले जेठ १८ गते साधारण सभा बोलाएको छ। साधारण सभाबाट बैंकले हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्दैछ।

बैंकले साधारण सभा प्रयोजनका लागि जेठ ६ देखि १८ गतेसम्म बुक क्लोज तोकेको छ।