काठमाडौं। चितवनको सौराहास्थित ५ तारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ।
कम्पनीले १५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न सेबोनमा आवेदन दिएको हो। कम्पनीले सेबोनको अनुमतिपछि एक सय रुपैयाँ अंकित दरमा १५ करोड ५० लाख रुपैयाँको आइपीओ निष्कासन गर्नेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ छ।
आइपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘डबल बीमाइनस’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ।

केटीएम ग्रुप होल्डिङ्सको लगानीमा निर्मित ६५ वटा कोठासहितको रिसोर्ट गत असोजदेखि सञ्चालनमा आएको हो।










