काठमाडौं। नर्भिक हस्पिटलले बुक बिल्डिङ विधिमार्फत आइपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ विधिमार्फत निष्कासन हुने सेयरका लागि गोप्य शिलबन्दी आशयपत्र पेस गर्न आह्वान गरेको छ।
नर्भिक हस्पिटलले जारी पुँजीको २० प्रतिशत अर्थात् २० लाख ४१ हजार २०० कित्ताको ४० प्रतिशतले हुन आउने ८ लाख १६ हजार ४८० कित्ता साधारण सेयर संस्थागत लगानीकर्तालाई बिक्री गर्न लागेको हो।
संस्थागत लगानीकर्तालाई ५ कार्य दिनभित्र अर्थात वैशाख २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा शिलबन्दी आशयपत्र बुझाउन भनिएको छ। गोप्य शिलबन्दी आशयपत्र वैशाख २२ गते नेप्सेमा खोलिने बिक्री प्रबन्धकले जनाएको छ।
संस्थागत लगानीकर्ताबाट बोलकबोलमार्फत तय हुने मूल्यका आधारमा कम्पनीले १० प्रतिशत घटाएर सर्वसाधारणमा सेयर निष्कासन गर्नेछ।










