दोर्दी खोला जलविद्युत कम्पनीले ६०.८२ करोडको हकप्रद सेयर जारी गर्ने, आयोगले दियो पूर्वस्वीकृति



बिजमाण्डू
२०८३ बैशाख १७ गते ११:०३ | Apr 30, 2026
दोर्दी खोला जलविद्युत कम्पनीले ६०.८२ करोडको हकप्रद सेयर जारी गर्ने, आयोगले दियो पूर्वस्वीकृति


काठमाडौं। दोर्दी खोला जलविद्युत कम्पनीले ६० करोड ८२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति पाएको छ।

Vigo
GBIME
Tata

कम्पनीले चुक्ता पुँजीको १:०.५६ प्रतिशतको अनुपातमा हकप्रद सेयर निष्कासन गर्न चाहेकामा विद्युत निमन आयोगले १:०.२८ प्रतिशतको अनुपातमा जारी गर्न पूर्वस्वीकृति पाएको हो।

कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब १० करोड ८५ लाख रुपैयाँ छ। कम्पनीको गत पुस २८ गते सम्पन्न साधारण सभाले १:०.५६ प्रतिशतको अनुपातमा हकप्रद सेयर निस्कासन गर्ने निर्णय गरी आयोगसँग पूर्वस्वीकृति मागेको थियो।