याम्बालिङ हाइड्रोपावरको आइपीओ निष्कासन, सर्वसाधारणलाई १७ लाख ४३ हजार कित्ता



बिजमाण्डू
२०८३ बैशाख १६ गते ११:१४ | Apr 29, 2026
याम्बालिङ हाइड्रोपावरको आइपीओ निष्कासन, सर्वसाधारणलाई १७ लाख ४३ हजार कित्ता


काठमाडौं। याम्बालिङ हाइड्रोपावरले आइपीओ निष्कासन गरेको छ। कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुलाई बिक्री गरेपछि दोस्रो चरणमा बुधबार सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो।

Vigo
GBIME
Tata

सर्वसाधारणलाई १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता सेयर छुट्याइएको छ। लगानीकर्ताले अंकित मूल्य १०० रुपैयाँमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धकले जनाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्कासन अनुमति पाएको थियो।

हाइड्रोपावरले यसअघि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका आयोजना प्रभावित स्थानीयलाई ७ करोड रुपैयाँको ७ लाख कित्ता सेयर बाँडफाँट गरेको थियो। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि २ लाख १० हजार कित्ता सेयर वितरण गरिएको छ।

याम्बालिङ हाइड्रोपावरले सञ्चालन गरेको ७.२७ मेगावाटको याम्बालिङ खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड ११ लाख ५६ हजार ३१५ रुपैयाँ छ।

कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ। कम्पनीको प्रति सेयर आम्दानी ६.०८ र प्रति सेयर नेटवर्थ १०६.०८ रुपैयाँ छ। यस्तै, यो वर्ष ६ महिनामा २ करोड सञ्चित नाफामा रहेको विवरण पत्र कम्पनीले निकालेको छ।