सुनचाँदीको मूल्यमा लगातार वृद्धि, सुन महँगिदै फेरि तोलाको ३ लाख रुपैयाँबाट माथि



बिजमाण्डू
२०८३ बैशाख १४ गते ११:५५ | Apr 27, 2026
सुनचाँदीको मूल्यमा लगातार वृद्धि, सुन महँगिदै फेरि तोलाको ३ लाख रुपैयाँबाट माथि


काठमाडौं। सुनचाँदीको मूल्य पुनः लगातार बढ्न थालेको छ। अघिल्लो दिनको भन्दा सोमबार सुन तोलामा १ हजार ३ सय रुपैयाँ महँगिएको छ भने चाँदी ५० रुपैयाँ बढेको छ।

Tata
GBIME

सोमबारका लागि सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गत शुक्रबारका तुलनामा २ हजार ७ सय रुपैयाँ बढ्दा आइतबार तोलाको २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

गत शुक्रबार प्रति तोला २ लाख ९६ हजार ५ सय रुपैयाँ थियो भने गत साताको प्रारम्भमा ३ लाख १ हजार रुपैयाँ थियो।

चाँदीको मूल्य सोमार प्रति तोला ५ हजार ४५ रुपैयाँ भएको छ।आइतबार प्रति तोला ४ हजार ९ सय ९५ रुपैयाँ थियो भने गत शुक्रबार ४ हजार ९ सय ४५ रुपैयाँ थियो। गत साताको प्रारम्भमा चाँदी तोलाको ५ हजार २ सय २५ रुपैयाँसम्म पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्य प्रति औंस ४७१३.१९ डलर भएको छ। चाँदी प्रति औंस ७५.८४ डलरले कारोबार भइरहेको छ।