काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसहित करिब दुई दर्जन कर्मचारीको राहदानी कालोसूचीमा राखिएको छ।
राष्ट्रिय खेलकुद परिषद्को पत्रचारपछि एन्फाका कर्मचारीहरुको राहदानी कालोसूचीमा राखिएको हो। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको पासपोर्ट पनि कालोसूचीमा परेको छ। महासचिव किरण राई, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, सुरेश शाह, रवीन्द्र जोशी लगायतलाई कालोसुचीमा राखिएको छ।
‘२० जना भन्दा बढीको पत्रचार भएको छ। त्यसैको आधारमा सूचीमा राखिएको हो,’विभाग स्रोतले भन्यो।
एन्फालाई केही समयअघि मात्रै राखेपले निलम्बन गरेको थियो।










