टस हारेर ‌ओमनविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल ‘ए’, यस्तो छ नेपालको प्लेइङ ११

बिजमाण्डू
२०८३ बैशाख ११ गते ०९:२४ | Apr 24, 2026
टस हारेर ‌ओमनविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल ‘ए’, यस्तो छ नेपालको प्लेइङ ११
नेपाल 'ए' र ओमनका कप्तान। तस्बिर: क्यान


काठमाडौं। नेपाल ‘ए’ क्रिकेट टोलीले ओमनविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ। मुलपानी क्रिकेट मैदानमा सिरिजको दोस्रो खेलमा ओमनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

GBIME
Tata

ओमनका कप्तानले टसका दौरान पिचको स्थितिलाई हेरेर बलिङ रोजेको निर्णय लिएको बताए। यता नेपाल ‘ए’ का कप्तान अनिल कुमार साहले टस जितेको भए पनि ब्याटिङ नै रोज्ने बताए।

क्रिकेट विश्वकप लिग-२ को तयारीमा रहेको ओमनले नेपाल ‘ए’सँग दुई खेलको सिरिज खेल्दैछ। यसअघि सिरिजको पहिलो खेलमा ओमनले नेपाललाई ७० रनले हराएको थियो।

यस्तो छ नेपालको प्लेइङ ११

अनिलकुमार साह (कप्तान), तृतराज दास, देव खनाल, इशान पाण्डे, सन्दीप जोरा, कुशल मल्ल, सन्तोष यादव, राशिद खान, शेर मल्ल, अर्जुन कुमाल र आकाश चन्द