सेबोनका कार्यकारी निर्देशक अधिकारीले उमेर हदका कारण पाए अवकाश, कर्मचारीले गरे बिदाइ

बिजमाण्डू
२०८३ बैशाख १० गते १७:५१ | Apr 23, 2026
सेबोनका कार्यकारी निर्देशक अधिकारीले उमेर हदका कारण पाए अवकाश, कर्मचारीले गरे बिदाइ


काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)का कार्यकारी निर्देशक डा. नवराज अधिकारीले अवकाश पाएका छन्। अधिकारीले ५८ वर्षे उमेर हदका कारण बिहीबार अवकाश पाएका हुन्।

GBIME
Tata

२०५६ मा सेबोनमा प्रवेश गरेका अधिकारी ३ वर्षअघि सेबोनको कार्यकारी निर्देशकमा बढुवा भएका थिए। सेबोनमा कार्यकारी निर्देशकको पदावधि ५ वर्षको हुन्छ। उनले उमेर हदका कारण कार्यकारी निर्देशकका रुपमा पूरै अवधि काम गर्न पाएनन्।

उनले सेबोनको अध्यक्षका लागि पनि प्रतिस्पर्धा गरेका थिए। उनी सिफारिसमा परे पनि तत्कालीन सरकारले २०८१ मंसिरमा सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको थियो।

बिचौलिया दीपक भट्टको जोडबलमा अध्यक्ष बनेका सन्तोषनारायणले वैशाख ४ गते राजीनामा दिइसकेका छन्।

अधिकारीलाई सेबोनका कर्मचारीले बिहीबार विदाइ गरेका छन्।