काठमाडौं। सुनचाँदीको मूल्य लगातार घट्न थालेको छ। बुधबारको तुलनामा सुन तोलामा १ हजार ८ सय रुपैयाँ घटेको हो।
बिहीबारका लागि सुन प्रति तोला २ लाख ९८ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रति तोला ३ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुनको मूल्य प्रति तोला ३ लाख १ हजार ३ सय रुपैयाँ थियो।
चाँदीको मूल्य तोलामा १ सय १० रुपैयाँले घटेर ५ हजार १ सय ३० रुपैयाँमा आइपुगेको छ। बुधबार चाँदी प्रति तोला ५ हजार १ सय ३० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य प्रति औंस ४७०९.९३ डलर छ भने चाँदी प्रति औंस ७६.३१ डलर छ।










